close

आज १ हजार ५१ जना डेंगु संक्रमित थपिए

आज १ हजार ५१ जना डेंगु संक्रमित थपिए

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा आज एकैदिन एक हजार ५१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै डेंगु संक्रमतिको संख्या २५ हजार ५४३ जना पुगेको छ । 

मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण भएको छ । त्यसैगरी लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।

साथै, आजसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।