close

महानगर दिवसको उपलक्ष्यमा स्वास्थ्य शिविर तथा निःशुल्क औषधि वितरण

महानगर दिवसको उपलक्ष्यमा स्वास्थ्य शिविर तथा निःशुल्क औषधि वितरण

Trulli
ADVERTISEMENT

काठमाडौं महानगरपालिकाले २८ औँ महानगर दिवसको उपलक्ष्यमा स्वास्थ्य शिविर तथा निःशुल्क औषधि वितरण गरिरहेको छ। 

महानगरले नेपाली सेनासँगको सहकार्यमा सहित गेटस्थित नेपाली सेनाकाे खेल मैदानमा मंसिर २८ र २९ गते स्वास्थ्य शिविर सञ्चालन गरिरहेकाे छ । 

जनरल फिजिसियन, कार्डियोलोजी, छाति रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउण्ड, बाल रोग, आँखा रोग, नाक कान घाँटी, नसा हाडजोर्नी रोग, फिजियोथेरापी, छाला रोग, नसा तथा मानसिक रोग, दन्त रोगको जाँच धमाधम भइरहेको छ ।

बिहान ८ देखि १२ बजेसम्म बिरामीको नाम दर्ता गर्न पाउने जनाउँदै महानगरले बिहान १० देखि दिउँसो तीन बजेसम्म स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जनाएको छ।