close

३५० जनालाई आयुर्वेद औषधी वितरण

३५० जनालाई आयुर्वेद औषधी वितरण

Trulli
ADVERTISEMENT

नवलपरासी । देवचुली नगरपालिकाले जेष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन रसायनजन्य आयुर्वेद औषधी वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी आयुर्वेद औषधी वितरण गरेको हो । 

कार्यक्रम देवचुली नगरपालिका वडा न १७ मा सम्पन्न भएको छ । सो कार्यक्रमबाट करिब ३५० जनाले सेवा लिएको नगर प्रमुख  हरि प्रसाद न्यौपानेले बताए । 

 कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसादमरासिनी ,  १७ न वडाअध्यक्ष गणेश शर्मा चालिसे र कार्यपालिका सदस्य पार्वती कँडेल  र स्थानीय बासीहरूको सहभागितामा कार्यक्रम सहजीकरण आयुर्वेद औषधालय शाखा प्रमुखले गरेका थिए ।