close

भक्तपुर नगरपालिकाले गर्याे ख्वप अस्पतालको नयाँ भवनको उद्घाटन

भक्तपुर नगरपालिकाले गर्याे ख्वप अस्पतालको नयाँ भवनको उद्घाटन

Trulli
ADVERTISEMENT

भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको उपलक्ष्यमा भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पतालको नयाँ भवन उद्घाटन भएको छ।

शनिवार भक्तपुर च्याम्हासिंहस्थित अस्पताल प्रांगणमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। 

ख्वप अस्पतालको नवनिर्मित भवनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें गरेका हुन्। साथै अध्यक्ष बिजुक्छेंले भक्तपुर नपाबाट प्रकाशित कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिका नामक पुस्तक समेत कार्यक्रममा विमोचन गरेका छन्।