close

जेष्ठ नागरिकको लागि देवचुलीको औषधी

जेष्ठ नागरिकको लागि देवचुलीको औषधी

Trulli
ADVERTISEMENT

नवलपरासी। देवचुली नगरपालिकाले रसायन जन्य आयुर्वेदिक अ‍ौषधी वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना  जेष्ठ नागरिक  स्वास्थ्य  प्रबर्धन गरी सो सामग्री वितरण गरेको हो । 

सो कार्यक्रमबाट  ६८ वर्षभन्दा माथिका १४२ जनाले सेवा लिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको अनुुसार सो कार्यक्रम वडा नम्बर १४ मा सञ्चालन गरिएको र विस्तारै अन्य पालिकामा पनि सञ्चालन गरिने छ ।  

कार्यक्रममार्फत जेष्ठ नागरिकको जीवनयापनमा सहज हुने विश्वास नगरपालिकाले लिएको छ ।