close

खानेपानीमा मापदण्डभन्दा बढी आइरन भेटेपछि...

खानेपानीमा मापदण्डभन्दा बढी आइरन भेटेपछि...

Trulli
ADVERTISEMENT

चितवन। माडी नगरपालिकाका चार खानेपानी आयोजनामा आवश्यकताभन्दा बढी आइरनको मात्रा देखिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरको पानी परीक्षण प्रयोगशालाको टोलीले पानीको परीक्षण गर्दा सो पहिचान भएको हो ।

टोलीले यही पुस १८ देखि २० गतेसम्म माडीको चार खानेपानी आयोजनामा खानेपानी परीक्षण गरेको थियो । डिप बोरिङबाट निकालेको पानीमा मापदण्डभन्दा बढी आइरन भेटिएको हो ।

गर्दी खानेपानी आयोजना, बघौडा खानेपानी आयोजना, कल्याणपुर खानेपानी आयोजना र खरकट्टा खानेपानी आयोजनामा धमिलोपना र आइरन देखिएको पानी प्रयोगशालाका केमिष्ट योगेन्द्रनारायण देवले बताए । 'राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डले प्रतिलिटर खानेपानीमा बढीमा शून्य दशमलव तीन एमजी आइरन हुनुपर्ने मापदण्ड छ', उनले भने, 'माडीका चारवटा आयोजनामा भने प्रतिलिटर शून्य दशमलव पाँच: एमजी आइरन भेटिएको छ, जुन हानीकारक मानिन्छ ।'

थोरै मात्राको आइरनले स्वास्थ्यलाई ठिक गर्ने भएता पनि बढी मात्राले स्वास्थ्यलगायतका विभिन्न कुरामा असर गर्ने देवले बताए । आइरन बढी हुँदा पानीको रङ परिवर्तन हुने, स्वाद परिवर्तन हुने, गन्ध आउने, नुहाउँदा कपाल झर्ने, सेतो कपडामा विस्तारै पहेँलो दाग बस्दै जाने हुन्छ ।

आयोजनाले अहिले फिल्टर नै नगरी पानी वितरण गर्ने गरेकाले उक्त समस्या देखिएको हो । विसं २०७२ को भूकम्पपछि प्राकृतिक पानीको गुणस्तर परिवर्तन भएको केमिष्ट देव बताए ।