close

खार्पूनाथलाई स्वास्थ्य सामग्री सहयोग

खार्पूनाथलाई स्वास्थ्य सामग्री सहयोग

Trulli
ADVERTISEMENT

हुम्ला। खार्पूनाथ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । 

स्वास्थ्य विभागले रु १५ लाख ६५ हजार ९६ बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालय हुम्लामार्फत खार्पूनाथ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । 

जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीले  भिडियो एक्सरे, स्वाव परीक्षण मेसिन, प्रिन्ट मेसिनलगायतका सामग्री स्वास्थ्य सो गाउँपालिकाका शाखा प्रमुख बलिराज शाहीलाई हस्तान्तरण गरेका हुन् । 

स्वास्थ्य सामग्री प्राप्त भएसँगै खार्पूनाथ गाउँपालिकाले यसअघि दिँदै आएको स्वास्थ्य सेवामा थप प्रभावकारी हुने जनाइएको छ ।  स्वास्थ्य शाखा प्रमुख शाहीले विशेषगरी गर्भवतीको स्वास्थ्य परीक्षण गर्न भिडियो एक्सरेले सहयोग पुग्ने बताए।

यसअघि भिडियो एक्सरे सेवा लिन सदरमुकामका रहेको जिल्ला अस्पतालमा धाउनुपर्ने अवस्था रहेको थियो ।  जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्था पछिल्लो समय प्रविधिमैत्री हुँदै गएका छन् ।