close

गर्भवती महिलाका लागि गाउँमै स्वास्थ्य सेवा

गर्भवती महिलाका लागि गाउँमै स्वास्थ्य सेवा

Trulli
ADVERTISEMENT

हुम्ला। हुम्लाको दुुर्गम सर्केगाड गाउँपालिकाको तीन स्वास्थ्य चौकीमा एक सय छ गर्भवती महिलाको अल्ट्रासाउन्डसहित स्वास्थ्य जाँच गरिएको छ । गाउँघरका गर्भवती महिलाको  सामान्य गर्भ जाँच मात्र हुँदै आएकामा जिल्लाको मध्यभागमा रहेको उक्त गाउँपालिकाको रोडिकोट, सर्केगार्ड र रिप स्वास्थ्य चौकीमा जिल्ला अस्पतालका दक्ष जनशक्तिसहितले अल्ट्रासाउन्डसहित गर्भ जाँच गरेका अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए। 

तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा एक सय ६ भन्दा बढी गर्भवतीको जाँच गरिएकामा ११ जनाको पाठेघर खसेको र दुुई जनाको गर्भमा रहेको शिशुुको टाउको उल्टो रहेको पत्ता लागेको अनमी बोहराको भनाइ थियो । 

रोडिकोट स्वास्थ्यचौकीमा ५०, सर्केगाडमा ३० र रिपको लिप्ने स्वास्थ्यचौकीमा २६ जनाको उपचार गरिएको थियो । पाठेघर खसेको गर्भवतीको स्वास्थ्य चौकीमै उपचार गरिए पनि शिशुको टाउको उल्टो रहेको गर्भवती महिलालाई तत्काल जिल्ला अस्पताल आउन सुझाव दिइएको थियो । आज खार्पुनाथ गाउँपालिकामा गर्भवती महिलाको  स्वास्थ्य जाँच गरिने भएको छ।