close

पाँचपोखरीमा गुणस्तरीय खाद्यान्न अभियान

पाँचपोखरीमा गुणस्तरीय खाद्यान्न अभियान

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले  गुणस्तरीय खाद्यान्न अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले स्थानीय बासिन्दालाई गुणस्तरीय खाद्य सामग्री उत्पादनसँगै वितरण गर्नको लागि सो अभियान सञ्चालनमा ल्याएको हो । 

अभियानलाई प्रभावकारी बनाउनका लागि  गाउँपालिकाको पाँचपोखरीको नाकामा जाँचचौकी स्थापना गरेको जनाइएको छ । गाउँपालिकाले २०७९ असोज ५  गतेदेखि दुई कर्मचारी तथा बजार निरीक्षक कर्मचारी राखेर गाउँपालिकाको सूचना केन्द्र खाल्डे खोलाबाट दैनिक पाँचपोखरी थाङ्पाल गाउँपालिकाभित्र व्यापारीले निर्यात गरी ल्याएको खाद्य सामग्रीको उत्पादन मिति र प्रयोग गर्न मिल्ने मिति जाँच गरी दैनिक तथ्याङ्क राख्ने काम गरिरहेको कर्मचारी राजन भुजेलले बताए  ।

गाउँपालिकाले बजार निरीक्षणसम्बन्धी कार्यविधि, २०७९ गाउँ कार्यपालिकाबाट पास गरी लागू गरिरहेको पालिका अध्यक्ष टासी लामाले बताए। आफ्नो पालिकाभित्र बसोबास गर्ने उपभोक्ताले गुणस्तरीय खाद्यान्नको उपयोग गर्न पाऊन् भन्ने यसको मुख्य उद्देश्य रहेको लामाले बताए । माथिल्लो भेगमा मिति गुज्रेका सामान होलसेल व्यापारीले पठाउने गरेका स्थानीयवासीले गुनासो गरेका थिए । अब भने मिति गुज्रेका सामान प्रयोग गर्न नपर्ने भएकामा स्थानीय राम श्रेष्ठले खुसी व्यक्त गरे । 

मिति हेर्न समस्या रहेका साना गाउँका व्यापारी तथा उपभोक्तालाई होलसेल व्यापारीले म्याज सकिन लागेका खाद्य सामान पठाउने गरेको पाइएपछि पालिकाले यो अभियान सुरु गरेको पालिकाले जनाएको छ । अहिलेसम्म सयौँ किलो म्याद नाघेका  सामग्री बरामद गरेको अध्यक्ष लामाले बताए ।