close

परशुराममा निःशुल्क आँखा शिविर हुने

परशुराममा निःशुल्क आँखा शिविर हुने

Trulli
ADVERTISEMENT

डडेल्धुरा । परशुराम नगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाको आयोजनामा दुई दिने शिविर सञ्चालन हुन लागेको हो । 

नगरपालिकाको अनुसार शिविरमा मोतिबिन्दु लगायत आँखाका रोगीहरुको  निःशुल्क शल्यक्रिया हुने छ । शिविरमा सहभागीलाई आवश्यक औषधि निःशुल्क वितरण हुने जनाइएको छ । 

 शिविर आगामी २२ र २३ गते सञ्चालन हुने छ । द्धारिका चोक स्थित रेडक्रस भवनमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।