close

रैनादेवीमा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर

रैनादेवीमा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।  गाउँपालिकाको आयोजना र परिवार नियोजन सङ्घको प्राविधिक सहयोगामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

बुधबार वडा नम्बर ८ स्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अनुसार शिविरमा प्रजनन स्वास्थ्य सम्बन्धि विभिन्न शिविर सञ्चालन गरिएको छ । 

शिविरबाट  शिविरमा १४२ जाँच गरिएको थियो । साथै  ८ जनाले भ्यासेक्टोमी, ७० जनाले इम्प्लान्ट, १ जनाले आइयुसिडि गरी जम्मा १५० जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ।