close

नगरबासीलाई निःशुल्क रगत वितरण गर्दै कागेश्वरी मनोहरा

नगरबासीलाई निःशुल्क रगत वितरण गर्दै कागेश्वरी मनोहरा

Trulli
ADVERTISEMENT

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले निःशुल्क रगत वितरण गर्ने भएको छ । नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा निःशुल्क रगत वितरण गर्न लागेको हो । 

नगर प्रमुख उपेन्द्र कार्कीका अनुसार सोका लागि नगरपालिकाले  सोसाइटीको भक्तपुर र काठमाडौँ शाखाको सहयोगमा पालिकाबासीलाई निःशुल्क रगत वितरण गर्न लागेको हो । 

सोका लागि पालिकाले रेडक्रस सोसाइटीसँग सम्झौता गरिएको जनाइएको छ । सम्झौता भएसँगै पालिकाबासीको लागि आवश्यक रगतसंकलन गर्नका लागि कुनै शुल्क तिर्न नपर्ने नगरप्रमुख कार्कीले बताए ।