close

जेष्ठ नागरिकलाई निःशुल्क दन्त शिविर

जेष्ठ नागरिकलाई निःशुल्क दन्त शिविर

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले जेष्ठ नागरिकको लागि शिविर सञ्चालन गर्ने भएको  छ । नगरपालिकाको आयोजनामा जेष्ठ नागरिकको लागि निःशुल्क दन्त शिविर सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाको अनुसार शिविर फागुन २ गते सञ्चालन हुने छ  । नगरपालिकाको वडा नम्बर १ स्थित कालिका माध्यमिक विद्यालयमा विहान ११ बजेदेखि ३ बजे शिविर सञ्चालन हुने जनाइएको छ । 

धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा ६० वर्षभन्दा माथिका नागरिकको शिविर सञ्चालन हुन लागेको हो । शिविरमा सहभागी हुनका लागि परिचय खुल्ने कार्ड आवश्यक पर्ने नगरपालिकाले जनाएको छ ।