close

फक्ताङलुङमा निःशुल्क आँखा शिविर हुने

फक्ताङलुङमा निःशुल्क आँखा शिविर हुने

Trulli
ADVERTISEMENT

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको आयोजनामा फागुन १० दिन निःशुल्क आँखा शिविर सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार  ओलाङचुङगोला, घुन्सालगायत दुर्गम गाउँमा शिविर सञ्चालन हुने लागेको हो ।  शिविर यही फागुन १० देखि २० गतेसम्म हुने गाउँपालिकाका उपाध्यक्ष विकास साम्राले जानकारी दिए । 

 शिविरको पहिलो दिन फागुन १० गते फक्ताङलुङ गाउँपालिकामा पर्ने सिवाँ स्वास्थ्य चौकीमा, ११ गते छिरुवा ग्राउन्डमा, १२ गते हान्द्रुङ टारमा, १४ गते ओलाङचुङगोला स्वास्थ्य चौकीमा र १७ गते स्वास्थ्य चौकी घुन्सामा आँखाको स्वास्थ्य जाँच र सामान्य उपचार सेवा प्रदान गरिनेछ । शिविरमा आँखाको स्वास्थ्य परीक्षणसहित मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने उनले बताए । 
 
 शल्यक्रियामा डा सन्दुक रुइत सहभागी हुने लिम्बुले जानकारी दिए ।