close

कास्कीकोटमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन

कास्कीकोटमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन

Trulli
ADVERTISEMENT

कास्की। पोखरा महानगरपालिका वडा नं.२४ कास्कीकोटमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । पोखरा २४ को माथिल्लो भेगलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले शुक्रबार उद्घाटन गरेका हुन्।

नगरवासिहरुलाई सर्वसुलभ आभार भूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यमा पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्य बताउँछन्। भौतिक निर्माणसँगै सेवा महत्त्वपूर्ण हुने बएका प्रमुख आचार्यले केन्द्रको क्षमता र स्वास्थ्यकर्मीहरूको दक्षता अनुसारको सेवा प्रवाहमा जोड दिए। प्रारम्भिक चरणको प्रयोगशाला परीक्षण गर्ने गरी आभारभूत ल्याबहरू स्थापनाको तयारीमा महानगर रहेको बताउँदै उनले प्राथमिक उपचारका लागि वडा नं. २४ का नागरिकहरू पोखरा झर्न नपर्ने अवस्थाको सृजना गरिने बताए । 

हाल पोखरा महानगरपालिका अन्तरगत प्राथमिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, सहरी स्वास्थ्य केन्द्र र आयुर्वेदिक औषधालय गरी ४९ स्वास्थ्य संस्थाहरू महानगरका ३२ वटा वडामा सञ्चालनमा छन् । १२४ खोप क्लिनिक र ८८ वटा गाउँघर क्लिनिकहरू समेत महानगरका विभिन्न स्थानमा सञ्चालित छन् ।