close

३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पौष्टिक आहार

३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पौष्टिक आहार

Trulli
ADVERTISEMENT

सिन्धुली । सुनकोशी गाउँपालिकाको वडा नम्बर २ ले सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको छ  । वडा कार्यालयले सुत्केरीको घरमै पुगेर पौष्टिक आहार वितरण गरेको हो । 

वडा अध्यक्ष जीवन बुर्जाले सुत्केरीको घरमै पुगेर पौैष्टिक आहार वितरण गरेको जनाइएको छ । शिशु जन्मेको ३५ दिन भित्र जन्म दर्ता गर्ने अभिभावकलाई घरमै पुगि जन्म दर्ता र सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको उनले बताए । 

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो वितरण गरिएको उनले बताए । यसले अन्य अभिभावकलाई पनि ३५ दिन भित्र जन्मदर्ता गर्नको लागि प्रेरणा मिल्ने उनको भनाई छ ।