close

छत्रदेवमा आँखा र दाँतको शिविर

छत्रदेवमा आँखा र दाँतको शिविर

Trulli
ADVERTISEMENT

अर्घाखाँची । छत्रदेव गाउँपालिकामा आँखा तथा दाँतको शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै शिविर सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार अर्घाखाँची दीगो विकास केन्द्रको र रोटरी क्लब अफ महाराजगञ्जको आयोजना तथा   गाउँपालिकाको सहयोगमा शिविर सञ्चालन गर्न लागेको हो । शिविर फागुन ५ गते सञ्चालन हुनेछ । 

पालिकाको वडा नम्बर २ को बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा बिहान १० बजेदेखि सुरु हुने गाउँपालिकाले जनाएको छ ।