close

नि:शुल्क शारीरिक अपांगता शिविर सञ्चालन गर्दै बराहताल गाउँपालिका

नि:शुल्क शारीरिक अपांगता शिविर सञ्चालन गर्दै बराहताल गाउँपालिका

Trulli
ADVERTISEMENT

सुर्खेत। बराहताल गाउँपालिकाले नि:शुल्क शारिरिक अपांगता शिविर सञ्चालन गर्ने भएको छ । पालिका क्षेत्र भित्रका १८ वर्ष मुनिका शारीरिक अपांगता भएका बालबालिकाको स्वास्थ्य परिक्षण तथा अपांगता पहिचानका लागि स्वास्थ्य तथा पुनर्स्थापना सम्बन्धी शिविर सञ्चालन गर्न लागेको हो। 

सोमबार गाउँपालिकाले एक सुचना जारी गर्दै शिविर बड्डिचौरको कुनाथरी स्वास्थ्य चौकीमा फागुन २० गते शनिबानर बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने जानकारी दिएको छ। 

अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेका, काभ्रेपलाञ्चोक र बहारताल गाउँपालिकाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो।