close

पोषण सुधारमा कार्यरत संस्थालाई तिलाको अनुदान

पोषण सुधारमा कार्यरत संस्थालाई तिलाको अनुदान

Trulli
ADVERTISEMENT

जुम्ला । तिला गाउँपालिकाले महिला सहकारी सस्थालाई अनुदान दिने भएको छ । गाउँपालिकाले पालिका क्षेत्रभित्र पूर्ण सहभागीता र पोषण सुधारको लागि कार्यरत संस्थालाई अनुदान वितरण गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा गाउँपालिकाले सो क्षेत्रमा कार्यरत संस्थालाई अनुदान दिन लागेको हो । गाउँपालिकाको अनुसार प्रत्येक संस्थाका २५ जना सदस्यलाई २५ हजार रुपैयाँ अनुदान रकम दिनको लागेको हो । 

सो कार्यक्रमको लागि गाउँपालिकाले ६ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सो कार्यक्रममा सहभागी हुन संस्थाले ३० दिनभित्र दर्ता हुन गाउँपालिकाले अनुरोध गरेको छ ।