close

बाल पोषणका लागि सुत्केरी सहायता कार्यक्रम

बाल पोषणका लागि सुत्केरी सहायता कार्यक्रम

Trulli
ADVERTISEMENT

झापा । झापा गाउँपालिकाले बाल पोषणका लागि भत्ता वितरण गर्न लागेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो भत्ता वितरण गर्ने जनाएको छ । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुसार प्रति परिवार ३००० रुपैयाँ वितरण गर्न लागेको हो । सूचना अनुसार ३५ दिन भित्र जन्मदर्ता गर्ने परिवारलाई बाल पोषणका लागि परिवार सुत्केरी सहायता अनुरुप सो रकम वितरण गर्न लागेको हो । 

गाउँपालिकाले सोमबार बिहान १० बजेदेखि वडा नम्बर ४ को कार्यालयमा सो रकम वितरण गर्ने सूचनामा उल्लेख गरिएको छ । कार्यक्रममा सहभागी हुन स्वास्थ्य स्वयम् सेविका, जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई सहभागी हुन अनुरोध गरिएको छ ।