close

वीरेन्द्रनगरका अतिविपन्न नागरिकको स्वास्थ्य बीमा

वीरेन्द्रनगरका अतिविपन्न नागरिकको स्वास्थ्य बीमा

Trulli
ADVERTISEMENT

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले अतिविपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रमको सुरु गरेको छ । शुक्रबार पालिकाका चार जना अतिविपन्न परिवारका सदस्यलाई बीमा परिचय पत्र हस्तान्तरण गरेर उक्त कार्यक्रमको सुरु भएको हो ।

नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले उक्त चार जना अति विपन्न परिवारका सदस्यलाई बीमा परिचय पत्र हस्तान्तरण गरेकी थिइन्। नगरपालिकाले चालु आर्थिक वर्षमा आर्थिक रूपमा विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम गर्न बजेट विनियोजन गरेको छ।

स्वास्थ्य बीमा बोर्ड कर्णालीसँगको सहकार्यमा नगरपालिकाका १६ वटै वडाका अतिविपन्न परिवारको पहिचान गरी बीमा कार्यक्रममा समावेश गरिने नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाले हरेक विपन्न परिवारको बीमा गर्दा लाग्ने ३५०० बराबरको रकम तिरी दिनेछ । हालसम्म नगरपालिकामा करिब तीन सय जनाले बीमाका लागि निवेदन दिएका छन् ।