close

छत्रकोट गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सुरु

छत्रकोट गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सुरु

Trulli
ADVERTISEMENT

गुल्मी। छत्रकोट गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । गाउँपालिकाको आयोजना, ग्रिनसिटी हस्पिटल काठमाडौँको सह–आयोजना र रोटरी क्लब अफ डाउनटाउन काठमाडौँ तथा लायन्स क्लब अफ काठमाडौँ, गुल्मीको विशेष सहयोगमा उक्त शिविर सुरु भएको हो। 

शनिबार एक कार्यक्रमकाे आयाेजना गरि शिविर सुरु भएको छ। फाल्गुण २७ गते देखि २ दिन सम्म श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा वृहत निःशुल्क स्वास्थ्य शिविर भइरहेको गाउँपालिकाले जनाएको छ । 

२ दिन सम्म संचालन हुने निःशुल्क स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया , स्त्री तथा प्रस्तुति सेवा, हाडजोर्नी तथा नशा, नाक, कान तथा घाँटी, छाला तथा यौन रोग,  ई.सि.जि, दन्त चिकित्सा, आँखा रोग साथै निः शुल्क औषधि वितरण लगायतका सेवाहरु प्रदान गरिने जनाइएको छ ।