close

गन्यापधुरामा स्वास्थ्य  शिविर

गन्यापधुरामा स्वास्थ्य  शिविर

Trulli
ADVERTISEMENT

डडेल्धुरा । गन्यापधुरा गाउँपालिकामा महिला लक्षित स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको  स्वास्थ्य शाखाद्वारा आयोजना क्यान्सर र पाठेघरको समस्या रहेका महिलाहरुलाई रिङ्ग प्रेसरको सुबिधासहितको एक दिवसिय स्कृनिङ्ग शिविर  गरेको हो । 

पालिकाको मष्टामाण्डौ स्वास्थ्य चौकी अन्तर्गत सामुदायिक स्वास्थ्य इकाई भवन ग्वान्नीमा सो शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका स्वास्थ्य सह संयोजक बसन्ती कार्कीका अनुसार शिविरबाट पालिकाभित्रका महिलाहरु लाभान्वित भएको थिए । 

उनका अनुसार शिविरमा ६५ महिलाहरुको परिक्षण गरिएको थियो । त्यसमध्ये  ३ जनामा तुलनात्मक रुपमा समस्या देखिएकोले थप परिक्षण तथा उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाउनु पर्ने अवस्था देखिएको उनले बताइन् ।