close

साकेला पूर्ण खोप सुनिश्चित पालिका घोषणा

साकेला पूर्ण खोप सुनिश्चित पालिका घोषणा

Trulli
ADVERTISEMENT

 खोटाङ । साकेला गाउँपालिकालाई  पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको छ । बिहिबार आयोजित कार्यक्रमबाट गाउँपालिकालाई जिल्लाकै पहिला पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । 

१५ महिनादेखि ५९ महिना मुनीका सबै बालबालिकाले पूर्ण खोप लगाएको र ० देखि १५ महिना सम्मका बालबालिकाहरुले खोप लगाईराखेको सुनिश्चित भएसँगै पालिकालाई पूर्ण खोप सुनिश्चत पालिका घोषणा गरिएका गाउँपालिकाका अध्यक्ष रवी प्रकाश राईले बताए । 

उनले कार्यक्रममा सहभागी भएका विभिन्न व्यक्तित्व तथा नागरिकहरुले पूर्ण खोप सुनिश्चितता घोषणा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेपछि औपचारिक रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको  सुनाए।

उनले  पालिकालाई समृद्धिको गन्तव्यतर्फ लैजान पूर्ण खोप अभियान महत्वपूर्ण सूचक भएको बताए । जिल्लाको दश स्थानीय तहमध्ये सबैभन्दा पहिला साकेलालाई पूर्णखोप सुनिश्चिता र दिगोपना घोषणा गर्न सफल भएकोमा अत्यन्तै खुसी भएको उनले बताए । 

सो कार्यलाई निरन्तर रुपमा अगाडी बढाउन आवश्यक सहयोग गर्न स्थानीय सरोकारवालाको सहयोग आवश्यक रहेको उनको भनाई छ ।