close

३५ दिनभित्र जन्मदर्ता गर्नेलाई ३ हजार रुपैयाँ वितरण

३५ दिनभित्र जन्मदर्ता गर्नेलाई ३ हजार रुपैयाँ वितरण

Trulli
ADVERTISEMENT

झापा । झापा गाउँपालिकाले सुत्केरी आमालाई ३००० रुपैयाँ वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी वडा नम्बर १ र २ का सुत्केरी आमालाई ३००० रुपैयाँ नगद वितरण गरेको हो ।

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो रकम वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष  जय नारायण शाहका अनुसार  ३५ दिन भित्र जन्म दर्ता गराएकाहरुको लागि सुत्केरी तथा शिशु स्याहार पोषण कार्यक्रम अन्तर्गत सो रकम वितरण गरेको हो । 

 उनले कार्यक्रममा सहभागी भएका ४५ जना आमालाई सो रकम वितरण गरेको जानकारी दिएका छन् । सो रकमले शिशु स्याहार तथा सुत्केरीको लागि आवश्यक पोषण प्रयोग गर्न सकिने विश्वास व्यक्त गरे ।