close

काठमाडौंमा धुवाँ आउने गरी सेकुवा पोल्न नपाइने

काठमाडौंमा धुवाँ आउने गरी सेकुवा पोल्न नपाइने

Trulli
ADVERTISEMENT

 काठमाडौं । काठमाडौं महानगर क्षेत्रको सडक पेठीमा धुवा आउने गरी सेकुवा पोल्न रोक लगाइएको छ । महानगरपालिकाले वायु प्रदुषण कम गर्न तथा पैदल यात्रीको सहजताको लागि सेकुवा पोल्न रोक लगाएको हो । 

महानगरपालिकाको अनुसार  पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै रोक लगाउन सुरु गरेको छ । महानगरपालिकाको नगर प्रहरीको सहयोगमा सो कार्य सुरु गरिएको हो । 

महानगर प्रहरी  प्रमुख राजु पाण्डेका अनुसार पसडक पेटीमा सेकवा पोलेर आउँने धुवाँले बायु प्रदुषण बढेको, पैदल यात्रुलाई हिड्न असहज भएकोले बन्द गर्न लागेको हो । उनले विभिन्न क्षेत्रको अनुगमन गरी धुवाँ आउने गरी सेकुवा पोल्न रोक लगाएको बताए ।