close

भक्तपुर अस्पतालले घुम्ती स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्दै

भक्तपुर अस्पतालले घुम्ती स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्दै

Trulli
ADVERTISEMENT

भक्तपुर ।  भक्तपुर अस्पतालले  घुम्ती स्वास्थ्य परीक्षण सेवा सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले भक्तपुरभित्र प्रेसर, सुगर, रगत जाँच र पिसाब जाँचसम्बन्धी घुम्ती शिविर सञ्चालन गरेको हो ।

अस्पतालले आयोजना गरेको एक कार्यक्रमबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापलिते उक्त घुम्ती स्वास्थ्य परीक्षण सेवाको पासनमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन् ।

 कार्यक्रममा बोल्दै उनले पालिकाले सञ्चालन गर्दै आएको घरदैलो नर्सिङ कार्यक्रमले नगरबासीहरुको स्वास्थ्यको अवस्था सँगसँगै त्यहाँका जनताको अन्य समस्याको थाहा पाउन सजिलो बनाएको बताए।

 उनले  क्युवाको स्वास्थ्य नीतिबाट सिक्दै घरदैलो नर्सिङ सेवा, वडा वडामा स्वास्थ्य केन्द्र सञ्चालन तथा ख्वप अस्पताल सञ्चालन गरी जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आइरहेको बताए । 
 
 कार्यक्रममा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जनताको घरघरमा गएर सेवा गर्ने नीतिअनुरुप भक्तपुर अस्पतालले पनि छिटै घुम्ती स्वास्थ्य सेवा सञ्चालनमा आउने बताउँदै यो कार्यमा स्थानीय तहसँग समन्वय गर्दै अगाडि बढ्ने बताइन् ।