close

तारकेश्वरमा बीमा कार्यक्रम सञ्चालन

तारकेश्वरमा बीमा कार्यक्रम सञ्चालन

Trulli
ADVERTISEMENT

 काठमाडौं । तारकेश्वर नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जेठ  गतेदेखि वीमा कार्यक्रम सुरु गरेको हो । 

नगरपालिकामा बीमा कार्यक्रम सञ्चालन भएसँग स्वास्थ्य उपचारमा आर्थिक सहयोग हुने पालिकाका नगरप्रमुख कृष्णहरी महर्जनले बताए । उनका अनुसार जनताको स्वास्थ्य उपचारमा सहयोग गर्ने उदेश्यले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।  

उनले साङला अस्पताललाई तारकेश्वरकै नमुना अस्पतालको रुपमा बिकास गरिदै लगिने विश्वास व्यक्त गरे ।  उनका अनुसार बीमीतहरुलाई साङला अस्पतालबाटै अधिकतम सेवा दिने गरि औषधी, चिकित्सक लगायतको व्यवस्था गरिएको बताए ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले साङला अस्पतालका सेवाहरुको बारेमा नगरवासीहरुमा अझै सन्देश फैलाउनु जरुरी रहेको बताँउदै अस्पतालको सेवा बिस्तार गरेर तारकेश्वरको ९० प्रतिशत बिरामीको उपचार साङला अस्पतालमै गर्ने वातावरण बनाउनुपर्ने बताइन्  ।