close

जब ख्वप अस्पतालमा जन्मियाे पहिलाे छाेराे...

जब ख्वप अस्पतालमा जन्मियाे पहिलाे छाेराे...

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको पहिलोपटक प्रसुती सेवा सञ्चालन गरिएको छ । सो सेवाअन्तर्गत ३८ वर्षीय महिलाले बिहिबार दिउँसो १२:४० मा ३ दशमलव १८ केजीको स्वस्थ छोरालाई जन्म दिएको छ ।

नगरपालिकाको वडा नम्बर ७ गोल्मढीकी एक महिलालाई शल्यक्रियामार्फत प्रसुती सेवा प्रदान गरिएको ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले जानकारी दिए । 

 उनले भने,'ख्वप अस्पतालमा प्रसुती सेवा सञ्चालन भएसँगै धेरै महिलाहरुलाई सजिलो हुने भएको छ ।' प्रसुतीको लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै उनले यो सेवालाई अझ सुविधायुक्त बनाउँदै लाने योजना रहेको बताए।


ख्वप अस्पताल सञ्चालनको २ वर्ष पुगेको अवसरमा अस्पतालले २०७८ वैशाख १७ गतेबाट प्रसुति सेवा विस्तार गरेको थियो । ख्वप अस्पतालले यो अवधिमा १४ वटा मेजर सर्जरी र ४१ वटा माइनर सर्जरी गरेको बताइएको छ ।