close

पाटन अस्पतालमा शवगृह विस्तार गर्न महानगरको ५० लाख सहयोग

पाटन अस्पतालमा शवगृह विस्तार गर्न महानगरको ५० लाख सहयोग

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाले शवगृह विस्तार गर्न पाटन अस्पताललाई आर्थिक सहयोग गरेको छ । महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले एक कार्यक्रमको आयोजनामा अस्पताललाई ५० लाख रुपैयाँ सहयोग गरेको हो । 

महानगरपालिकाको अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,पाटन अस्पतालका मेडिकल निर्देशक प्राडा रवि शाक्यलाई नगरप्रमुख महर्जनले चेक हस्तान्तरण गरेका हुन् । नगरप्रमुख महर्जनले पाटन अस्पताललाई आवश्यकताको पहिचान गरी सो रकम सहयोग गरेको बताए । 

उनले अस्पतालमा शवगृह निर्माण भएसँगै स्थानीय बासिन्दा तथा अन्य व्यक्तिलाई थप सहयोग हुने विश्वास व्यक्त गरे । उनले महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको बताए । 

कार्यक्रममा शवगृह विस्तार गर्ने सम्बन्धमा ललितपुर महानगर र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ ।