close

महिला स्वास्थ्य स्वयम्सेविकाहरुको भेला

महिला स्वास्थ्य स्वयम्सेविकाहरुको भेला

Trulli
ADVERTISEMENT

भक्तपुर ।  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महिला स्वास्थ्य स्वयम्सेविका आफैँमा एक स्वास्थ्यकर्मी र सामाजिक कार्यकता भएको बताएका छन् । नगरपालिकाको शुक्रबार  स्वास्थ्य स्वयम्सेविकाहरुको भेलामा उनले यस्तो बताएका हुन् । 

उनले भक्तपुरको स्वास्थ्य क्षेत्र विकासमा स्वास्थ्यस्वयम्सेविकाहरुको भूमिका महत्वपूर्ण रहेको बताए  । उनलले महिला स्वास्थ्य स्वयम्सेविकाले जनताको घरघरमा पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिने तथा समुदायमा स्वास्थ्य सचेतना फैलाउन र सरुवा रोग नियन्त्रण, स्वास्थ्य शिक्षा र खोप सेवामा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताए । 

 भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पताललाई जनताको आस्थाको केन्द्रको रुपमा विकास गरी स्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिने बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले स्वास्थ्यकर्मीहरुको लागि आवश्यक क्षमता अभिवृद्धि तालिम सञ्चालनलाई निरन्तरता दिँदै जाने बताए।

 
 कार्यक्रममा ख्वप अस्पतालका स्वास्थ्य संयोजक रत्नसुन्दर लासिवले घरदैलो नर्सिङ सेवालाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न वडा नर्स र महिला स्वास्थ्यस्वयम् सेविकाहरुको क्रियाशीलता आवश्यक भएको बताए ।
 
उक्त कार्यक्रममा उपस्थित १० वटै वडाका महिला स्वास्थ्य स्वयम्सेविका प्रतिनिधिहरुले घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारी बनाउन आवश्यक राय–सल्लाह प्रस्तुत गरेका थिए ।