close

चन्द्रागिरीमा शहरी स्वास्थ्य केन्द्रको सुरुवात

चन्द्रागिरीमा शहरी स्वास्थ्य केन्द्रको सुरुवात

Trulli
ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरी नगरपालिकाको वडा नम्बर १ मा  शहरी स्वास्थ्य केन्द्रको सुरुवात गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी सो केन्द्रको सुरुवात गरेको हो  । 

नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा वडा नम्बर १ का वडाध्यक्ष हरिश्याम रानामगर सभाध्यक्षता सोा केन्द्रके उद्घाटन गरिएको हो । भौगोलिक दुरीको कारणले  इन्द्रस्थान लगायत आसपासका बासिन्दाले स्थानीय बासिन्दालाई सहजताको केन्द्रको सुरुवात गरेको हो । स्वास्थ्य चौकीको सेवा लिनबाट बन्चित रहेकासो  क्षेत्रका वासिन्दालाई न्युनतम आधारभूत स्वास्थ्य सेवाको सहज सेवा लिन उक्त शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको नगरप्रमुख गिरीले बताए ।

न्द्रज्योती आधारभूत विद्यालयको २ वटा कोठा प्रयोग गरि सुरु गरिएको उक्त स्वास्थ्य केन्द्रलाई आफ्नै भवन ब्यवस्थापन गर्न नगरपालिकाले पहल गर्ने उनको दावी छ । उनले निकट भविष्यमा च न पा २ को मसिनेमा पनि शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने लक्ष्य रहेको बताए । 

 नगरपालिकाको एक महत्त्वपूर्ण पर्यटकिय क्षेत्रको रूपमा परिणत हुँदै गरेको यसै इन्द्रस्थान क्षेत्रलाई यो स्वास्थ्य केन्द्रका साथै सडक स्तरोन्नति, सडक बत्ती , सि सि क्यामेरा, निशुल्क वाइ फाइ लगायतका सुविधासंग जोडेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न नगरपालिका अग्रसर रहेको कुरा पनि नगर प्रमुख गिरीले बताए ।