close

पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

Trulli
ADVERTISEMENT

धनकुटा । धनकुटा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय श्रोतको उपयोग, सहयोग र स्वामित्व पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ धनकुटा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा दिगोपना गरिएको हो। 

जिल्ला खोप समन्वय समितिद्वारा मंगलबार आयोजित एक समारोहमा धनकुटालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा तथा दिगोपना कार्यक्रम गरिएको हो। जिल्लाका सात वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जनाइएको छ । 

 जिल्ला खोप समन्वय समितिका अध्यक्ष निरेन तामाङले बताउनु भयो। जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले धनकुटालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख गोकुल प्रसाद भण्डारीले बताए । धनकुटा जिल्लामा जन्मेदेखि १५ महिनाका २ हजार ५ सय ६९ जना र १६ देखि ५९ महिनाका ६ हजार ४ सय ४० जना बालबालिका रहेकोमा सबै जनाले पूर्ण खोप पाएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ।