close

महिला स्वास्थ्य स्वयम् सेविकालाई झोला र छाता

महिला स्वास्थ्य स्वयम् सेविकालाई झोला र छाता

Trulli
ADVERTISEMENT

दाङ-  राप्ती गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई झोला र छाता वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी छाता र झोला वितरण गरेको हो । 

गाउँपालिकाका अनुसार गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई कार्य प्रोत्साहन गर्नको लागि सो सामग्री वितरण गरेको हो । 

गाउँपालिकाले पालिकाको वडा नम्बर १ स्थित लालमटिया स्वास्थ्य चौकी  र वडा नम्बर ५ स्थित स्वास्थ्य चौकी सिसहनियाँ अन्तर्गत कार्यरत रहेका ६४ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई सामग्री वितरण गरेको जनाएको छ ।