close

स्वास्थ्य केन्द्रलाई पालिकाको एम्बुलेन्स र वासिङ मेसिन

स्वास्थ्य केन्द्रलाई पालिकाको एम्बुलेन्स र वासिङ मेसिन

Trulli
ADVERTISEMENT

नुवाकोट-  म्यागङ गाउँपालिकाले एम्बुलेन्स र वासिङ मेसिन वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर ३ स्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स र मेसिन वितरण गरेको हो । 

आइतबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले अध्यक्ष आशा तामाङले केन्द्रलाई सो सामग्री वितरण गरेको छ । उनका अनुसार स्थानीय जनप्रतिनिधि र बागमति प्रदेशको पहलमा सो सामग्री विरतण गरेको हो । 

गाउँपालिकाका स्वास्थ्य संयोजक कुमार लाल श्रेष्ठका अनुसार बागमति प्रदेशको पहलमा नेपाल र भारतको सहयोगमा एम्बुलेन्स विरतण गरेको हो । उनले जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटको सहयोगमा वासिङ मेसिन वितरण गरेको पालिकाखबरलाई जानकारी दिए । 

उनका अनुसार केन्द्रलाई १५ शैयाको अस्पतालको रुपमा स्तरोन्नती गर्ने योजना गाउँपालिकाको छ । केन्द्रबाट बर्थिङ सेन्टरसमेत सञ्चालनमा रहेकोले वासिङ मेसिनको माग भएकोले वितरण गरेको जानकारी दिए । 

उनले एम्बुलेन्स पालिकाभित्रका स्थानीय बासिन्दालाई २५ प्रतिशत छुटमा सञ्चालन गरिने जानकारी दिए । पालिका बाहेकका व्यक्तिले कार्यालयले निर्धारित शुल्कमा सेवा दिने उनले बताए । 

उनले एम्बुलेन्स सञ्चालनका लागि पालिका क्षेत्रमा कच्ची सडक रहेको बताए । हाल पालिकामा सोसहित २ वटा एम्बुलेन्स सञ्चालनमा छ ।