close

बर्दिबासमा बर्थिङ सेन्टर र जनस्वास्थ्य प्रयोगशाला उद्घाटन

बर्दिबासमा बर्थिङ सेन्टर र जनस्वास्थ्य प्रयोगशाला उद्घाटन

Trulli
ADVERTISEMENT

महोत्तरी- बर्दिबास नगरपालिकाले बर्थिङ सेन्टर र जनस्वास्थ्य प्रयोगशाला उद्घाटन गरेको छ । एक कार्यक्रमकाबीच नगरप्रमुख प्रहलाद कुमार क्षेत्रीले उद्घाटन गरेपिछ बिजलपुरा स्वास्थ्य चौकीमा सेवा सुरू भएकाे हाे । 

नगरप्रमुख क्षेत्रीले सेन्टर तथा प्रयोगशाला सञ्चालनमा आएसँगै स्थानीय बासिन्दालाई स्वास्थ्य उपचारमा सहयोग हुने बताए । उनले  एक महिनाभित्रै विजलपुरा स्वास्थ्य चौकीमा एम्वुलेन्स दिने घोषणा गरे ।

उनले पालिकाभित्रको स्वास्थ्य क्षेत्रमा आवश्यक सुधार गर्ने बताए । गर्भवति महिलाहरुलाई सरकारले दिँदै आएको सेवा सुविधामा आफू निर्वाचित भएसँगै दुई हजार थप गरी प्रोत्साहन भत्ता वितरण गर्दै आएको बताए । उनले गर्भवती महिला र अशक्त व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवामा सहयोग गर्दै आएको सुनाए ।