close

पाठेघरको मुखको क्यान्सर र आङ खस्ने रोगबारे निःशुल्क स्वास्थ्य शिविर

पाठेघरको मुखको क्यान्सर र आङ खस्ने रोगबारे निःशुल्क स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

 कास्की - पोखरा महानगरपालिका वडा नम्बर १५ मा पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । वडा कार्यालय र सहरी स्वास्थ्य केन्द्र १५ संयुक्त आयोजनामा मङ्गलवार सो शिविर गरिएको हो । 

वडा अध्यक्ष तोरणबहादुर बानियाँका अनुसार शिविरमा २ सय ८० महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । चिल्ड्रेन नेपालको सहयोगमा सम्पन्न शिविरमा गण्डकी मेडिकल कलेजका डा‍सविन श्रेष्ठ, हरियो खर्क अस्पतालका डा।सुमन तामाङ लगायतका स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण गरे ।

 महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीहरूको स्वास्थ्य प्रति महानगरपालिका प्रतिबद्ध र सचेत रहेको बताए । सरोकारवाला निकायसँगको समन्वयमा महानगरका सबै वडामा ल्याब परीक्षण सहितका वृहत् निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने योजना रहेको उनले बताए । 

वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडावासीहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने वातावरण तयार गरिने बताए । वडामा मानवीय स्वास्थ्यको प्रवर्द्धन सहित भौतिक विकासलाई अघि बढाइने उनले बताए ।