close

पोखरामा सहरी स्वास्थ्य केन्द्र निर्माण हुँदै

पोखरामा सहरी स्वास्थ्य केन्द्र निर्माण हुँदै

Trulli
ADVERTISEMENT

कास्की - पोखरा महानगरपालिका २४ बास्कोटमा बास्कोट सहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । महानगरपालिकाको लगानीमा निर्माण हुन  लागेको सो केन्द्रको शिलान्यास महानगर प्रमुख धनराज आचार्यले गरेका छन् ।
 
स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले सो केन्द्र भवनको निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताए । पोखरा २४ को तल्लो भाग र वडा नंम्बर २३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दालेसमेत सो केन्द्रबाट लाभ लिन सहज हुने उनले बताए ।

उनका अनुसार महानगरपालिकाका वडाहरूमा ल्याव परिक्षणसहितका शिविरहरू सञ्चालनका अभियानहरू समेत थालिएको छ । यसका अलवा विकास निर्माणका कतिपय योजनाहरू सम्पन्न गरिएका र कतिपय योजनाहरू सञ्चालन कै क्रममा रहेका उनले सुनाए। 

वडा अध्यक्ष भरत बहादुर अधिकारीले बास्कोटमा स्वास्थ्य केन्द्र निर्माणले त्यस क्षेत्रका नागरिकहरूलाई सुविधा हुने बताए  । सामान्य स्वास्थ्य सम्बन्धी भएपछि पोखरा बजार नै पुग्नु पर्ने बाध्यताको अन्त्य हुने उनले विश्वास व्यक्त गरे । नगरवासीहरूको स्वास्थ्य सुरक्षाका लागि महानगरपालिका प्रतिबद्ध रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले नागरिकहरूको स्वास्थ्य, शिक्षा लगायत आधारभूत विषयहरूको सुरक्षणका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने बताए । 

४ करोड लागतमा केन्द्र भवन २ वर्षभित्र निर्माण सम्पन्न गरिने छ । भवन २ तले हुनेछ । भविष्यमा यसलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्तरोन्नति गर्ने महानगरको योजना रहेको छ । वडा नं। २४ कै कास्कीकोमा पनि स्वास्थ्य चौकी सञ्चालनमा रहेको छ ।