close

अर्जुनचौपारीमा एम्बुलेन्स सरर...

अर्जुनचौपारीमा एम्बुलेन्स सरर...

Trulli
ADVERTISEMENT

स्याङ्जा - अर्जुनचौपारी गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले पालिकामा रहेको एम्बुलेन्सलाई बिहिबारदेखि सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख ईश्वर कुमार केसीका अनुसार पालिकामै रहेको एम्बुलेन्सलाई रंगरोगन तथा स्तरीकरण गरी सञ्चालनमा ल्याउन लागेको हो । सो एम्बुलेन्स २०७५ सालमा स्तानीय बासिन्दा शुक्र र हिराले पालिकालाई सहयोग गरेका थिए । 

एम्बुलेन्स सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालयसँग नविकरण तथा सिफारिस गरेको र आवश्यक प्रविधि स्वास्थ्य मन्त्रालयले जडान गरेको उनको सुनाए । 

एम्बुलेन्स सञ्चालन गर्नको लागि गाउँपालिकाले निर्देशिका जारी गरी सञ्चालनमा ल्याएको उनले पालिकाखबरलाई बताए । यसअघि स्थानीय गाडीको प्रयोग गरी विरामीलाई अस्पतालसम्म पुर्याउँदै आएको उनको भनाइ छ । 

गाउँपालिका क्षेत्रमा एम्बुलेन्स सञ्चालन गर्नको लागि मोटेरेबल कच्ची बाटो रहेको उनले जानकारी दिए ।