close

‘स्फिग्नोमेनोमिटर’ बोकेर वडाध्यक्ष जनताको घरघरमा

‘स्फिग्नोमेनोमिटर’ बोकेर वडाध्यक्ष जनताको घरघरमा

Trulli
ADVERTISEMENT

डोटी- दिपायल सिलगढी नगरपालिका–९ का वडाध्यक्ष हर्कबहादुर साउद अहिले मतदाताको घरघरमा पुग्छन् । वडाध्यक्ष साउद घरघरमा जाँदा जनतासँग नजिक भएर सुझाव ल्याउने र उनीहरूको सामान्य स्वास्थ्य जाँच गर्दा दोहोरो फाइदा हुने वडाध्यक्षको बुझाइ छ ।  

स्वास्थ्य जाँच र सामान्य औषधि वितरणका लागि वडाध्यक्षले स्वासथ्यकर्मीलाई साथमै लैजाने गरेका छन् । वडाध्यक्ष साउद स्वास्थ्यकर्मीका साथ स्टेथोस्कोप र स्फिग्नोमेनोमिटरसहित जनताको घरघरमा पुगेर उनीहरूको सामान्य उपचार पनि गर्छन् ।  उक्त कार्यमा कनेला स्वास्थ्य चौकीकी अमनी हरिमाया खड्कालगायतको महत्त्वपूर्ण भूमिका रहेको वडाध्यक्ष साउद बताउछन् । 

जनताका आवश्यकता र समस्या बुझ्ने अनि सोही अनुसार आगामी कार्यक्रम बनाउने उद्देश्यले ‘जनताको घर दैलोमा वडा अध्यक्ष’को सुरुवात गरिएको वडाध्यक्ष साउदले पालिकाखबरलाई बताए । 

ग्रामीण क्षेत्रमा अहिले पनि स्वास्थ्य उपचारमा निकै समस्या भएकोले जनताको घर दैलोमा गएर स्वास्थ्य जाँच कार्यक्रम जारी राखिएको वडाध्यक्ष साउदले बताए । उनले भने ,‘हामीलाई जिताएर पठाउने जनताका दुःख सुखमा हामीले साथ दिनुपर्छ । यस्ता कार्यक्रमलाई  निरन्तरता दिनेछौँ ।’

जनताको स्वास्थ्य समस्या तथा नागरिकका आधारभूत आवश्यकतालगायत समग्र वडाको समस्या बुझी प्राथमिकताका आधारमा विकास निर्माणको गति दिने समेत अध्यक्ष साउदको विश्वास छ ।