close

बिरामीकाे चाप घट्न थालेपछि निःशुल्क डेङ्गी उपचार केन्द्र बन्द गर्दै धरान

बिरामीकाे चाप घट्न थालेपछि निःशुल्क डेङ्गी उपचार केन्द्र बन्द गर्दै धरान

Trulli
ADVERTISEMENT

सुनसरी– धरान उपमहानगरपालिकाले निःशुल्क डेङ्गी उपचार केन्द्र बन्द गर्ने भएको छ । वडा नं १ स्थित धरान स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क डेङ्गी उपचार केन्द्रमा डेङ्गी संक्रमणका बिरामीको चाप घटेकाले उपमहानगरले निःशुल्क सेवा बन्द गर्न लागेको हो ।

उक्त उपचार केन्द्र भदौ ३१ सम्म सञ्चालन हुने उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै जनाएको छ । निःशुल्क डेङ्गी उपचार केन्द्र बन्द भएपछि स्वास्थ्य चौकीबाट नियमित सेवा प्रदान गरिने सो सूचनामा उल्लेख छ । 

धरानमा अत्यधिक डेङ्गीका बिरामी बढेपछी उपमहानगरपालिकाले साउन १७ गतेदेखि निःशुल्क डेङ्गी उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो ।