close

छिपहरमाइको स्वास्थ्यमा तालिमदेखि भत्तासम्मका लागि ५५ लाख बजेट

छिपहरमाइको स्वास्थ्यमा तालिमदेखि भत्तासम्मका लागि ५५ लाख बजेट

Trulli
ADVERTISEMENT

पर्सा - छिपहरमाई गाउँपालिकाले महिला स्वास्थ्य स्वयमसेविकाको लागि तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले महिला स्वास्थ्य स्वयमसेविकाकाको क्षमता अभिवृद्धिको लागि तालिम सञ्चालन गर्न लागेको हो । 

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुपा सो कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाको जनस्वास्थ्य निरिक्षक सनी कुमारले पालिकाखबरलाई बताए । उनका अनुसार गाउँपालिकाले औषधी खरिद तथा तलब भत्ता वितरण गर्नको लागि बजेट विनियोजन गरेको छ । 

चालू आवमा स्वास्थ्यको लागि ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए । उनका अनुसार गाउँपालिकामा बर्थिङ सेन्टरसहितको ५ वटा स्वास्थ्य चौकी सञ्चालनमा रहेको छ ।

गाउँपालिकाको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेको गर्भवती महिलालाई पालिकाको एम्बुलेन्सबाट निःशुल्क सदरमुकामसम्म पुर्याउने गरेको उनले सुनाए । जनप्रतिनिधिले भौतिक निर्माणलाई मात्रै प्राथमिकता दिने प्रवृत्तीले स्वास्थ्य क्षेत्रमा कम बजेट भएको उनको गुनासो छ ।