close

स्वास्थ्य चौकीमा गर्भ परिक्षण गराउनेलाई सिस्नेकाे नुन र तेल

स्वास्थ्य चौकीमा गर्भ परिक्षण गराउनेलाई सिस्नेकाे नुन र तेल

Trulli
ADVERTISEMENT

रुकुम पूर्व - सिस्ने गाउँपालिकाले गर्भवती उत्प्रेरणा खर्च वितरण गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८० र ०८१ को स्वीकृत कार्यक्रम अनुरुप खर्च वितरण गर्न लागेको हो । 

गाउँपालिकाले होम डेलिभरी अन्त्य गर्नको लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको पालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक सुरेन्द्र यादवले पालिका खबरलाई बताए । उनका अनुसार सो कार्यक्रमको लागि गाउँपालिकाले चालू आवमा तीन लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराउनेलाई आयोडिन नुन तथा एक लिटर तोरीको तेल वितरण गरिने उनले सुनाए । साथै ४ पटक गर्भ परिक्षण गराउने महिलालाई ६०० रुपैयाँ भत्ता तथा ५०० रुपैयाँ गाडीभाडा वितरण गर्ने उनले सुनाए । साथै संघीय सरकारले दिने भत्ता एकमुष्ट दिने उनले बताए । 

होम डेलिभरीमा आमा र बच्चाको स्वास्थ्य जोखिममा हुने र सो अन्त्य गर्नको लागि कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ । सो कार्यक्रम लामो समयदेखि सञ्चालनमा रहेको उनले बताए ।