close

शैल्यशिखरमा वर्थिङ सेन्टर सञ्चालन भएपछि बैतडीबासी दंग

शैल्यशिखरमा वर्थिङ सेन्टर सञ्चालन भएपछि बैतडीबासी दंग

Trulli
ADVERTISEMENT

दार्चुला– शैल्यशिखर नगरपालिकामा गत वर्ष २०७९/०८० मा  ४१९ जना महिलाले वर्थिङ सेन्टरबाट सेवा लिएका छन् । नगरपालिकाभित्र सञ्चालित वर्थिङ सेन्टरबाट बैतडी र पालिकाभित्रका महिलाले  सेवा लिएका हुन् ।

नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख शिवदत्त जोशीका अनुसार पालिकाभित्र  ५ वटा वर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । नगरपालिकामा स्वास्थ्यको पहुँचबाट रानीशिखर बस्ती टाढा रहेकाे उनले बताए । 'भौगोलिक विकटताले त्यहाँकै वर्थिङ सेन्टरसम्म पनि आउन लगभग १ घण्टाभन्दा बढी लाग्छ । यातायात समेत नपुगेको ठाउँबाट सेवा लिन आउन सेवाग्राहीलाई धेरै समस्या छ,' उनले पालिकाखबरसँग भने । 

शाखा प्रमुख जोशीका अनुसार गत आवमा  ४० जना महिला घरमै सुत्केरी भएका थिए भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नगरपालिकाबाट रेफर गरिएका लगभग १० जनाले पालिका बाहिर गएर सेवा लिएको उनले जानकारी दिए । चालू आर्थिक वर्षमा वर्थिङ सेन्टर थप कार्य हुँदै गरेकाे उनले सुनाए । वर्थिङ सेन्टरमा सेवाग्राही बढ्ने उनकाे विश्वास छ ।