close

कैलाशमा 'बर्थिङ सेन्टर’ सञ्चालनमा

कैलाशमा 'बर्थिङ सेन्टर’ सञ्चालनमा

Trulli
ADVERTISEMENT

मकवानपुर -  कैलाश गाउँपालिका वडा ७ रहेको स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर' तथा भिडियो एक्सरे सेवा’सञ्चालनमा आएको छ । सो  बर्थिङ सेन्टर   बुधबारदेखि सञ्चालनमा आएको हाे ।

सञ्चालन आएकाे पहिलो दिन ४० जना गर्भवतीले आफ्नो गर्भावस्था परीक्षण गरेकाे गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले उक्त सेन्टरको शुुभारम्भ गरेका थिए ।

चेपाङ र तामाङ समुदायका महिलालाई लक्षित गरेर  सेवा केन्द्र सञ्चालनमा ल्याएको उनले बताए ।  सो सेन्टरमा हेटौँडा अस्पतालका डा विदुर भण्डारीले पनि सेवा प्रदान गर्ने जनाइएको छ । गाउँपालिकाको स्वास्थ्य संयोजक कृष्णकुमार यादवले पालिकामा वडा नम्बर २, ३, ५, ८, ९ मा यसअघिनै बर्थिङ सेन्टर सञ्चालन भइसकेको जानकारी दिए ।