close

सिरहाको स्वास्थ्य शाखा बजेटविहीन

सिरहाको स्वास्थ्य शाखा बजेटविहीन

Trulli
ADVERTISEMENT

सिरहा - सिरहा नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्यको लागि बजेट विनियोजन गरेको छैन । नगरपालिकाको राजनीतिक कारणले स्वास्थ्यको लागि बजेट विनियोजन नगरेको हो । 

नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मोहम्मद इद्रिस राइनका अनुसार नगरपालिकाको राजनीतिक आडले स्वास्थ्य शाखाको लागि बजेट विनियोजन गरेको छैन । आफूले शाखाको लागि बजेट माग गर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको उनले पालिकाखबरलाई बताए । 

नगरपालिकाको स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्नको लागि संघीय सरकारबाट सर्शत अनुदानमा बजेट विनियोजन गरेको उनले बताए । सोही बजेटमार्फत खोप कार्यक्रम तथा औषधी खरिद गरिने उनले सुनाए । तर संघीय सरकारले स्वास्थ्यको लागि कति र केको लागि बजेट विनियोजन गरेको भन्नेबारे आफू जानकार नभएको उनको भनाइ छ ।