close

उधारोमा औषधि खरिद गरी आँखा पाक्ने रोग नियन्त्रण

उधारोमा औषधि खरिद गरी आँखा पाक्ने रोग नियन्त्रण

Trulli
ADVERTISEMENT

रौतहट- गरुडा नगरपालिकाले आँखा पाक्ने रोग नियन्त्रणका लागि उधारोमा औषधी खरिद गरी स्थानीयलाई वितरण गरेको छ । नगरपालिका क्षेत्रभित्र आँखा पाक्ने रोग महामारीको रुपमा फैलिएपछि उधारोमा औषधी खरिद गरी वितरण गरेको हो । 

नगरपालिकाको स्वास्थ्य संयोजक प्रवीणकुमार झाका अनुसार पालिकाभित्रका करिब पाँच हजार जना स्थानीय बासिन्दालाई निःशुल्क रुपमो सो औषधी वितरण गरेको हो । पालिकाभित्रका ९ वटै वडामा महामारी रुपमा फैलिएपछि व्यवहारिक रुपमा सो औषधी उधारोमा खरिद गरी निःशुल्क वितरण गरिएको उनले पालिकाखबरलाई बताए । 

नगरपालिकामा आँखा पाक्ने रोग महामारीको रुपमा फैलिएको तर नगरसभा नभएकाबाट बजेट पारित नभएपछि उधारोमा अर्डर गरी औषधी खरिद गरिएको उनले बताए । हाल नगरसभा सम्पन्न भएको र सो रकम तिर्ने उनले सुनाए । 

उनका अनुसार पालिकाभित्र करिब १० हजार स्थानीयमा आँखा पाक्ने रोग फैलिएको थियो । हाल सो रोग नियन्त्रणमा आएको उनले सुनाए ।