close

पाठेघर समस्याबारे पचरौतामा शिविर

पाठेघर समस्याबारे पचरौतामा शिविर

Trulli
ADVERTISEMENT

बारा - पचरौता नगरपालिकाले पाठेघर समस्याबारे  घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो शिविर सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाको प्रशासन शाखाका प्रमुख प्रमोदप्रसाद यादवका अनुसार पालिकाभित्र पाठेघर झर्ने समस्या धेरै देखिएपछि सो शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा चिकित्सकसहितको टोली गएर परिक्षण तथा आवश्यक परामर्श गरिने उनले पालिकाखबरलाई बताए । 

शिविर सञ्चालनको लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको उनको भनाइ छ ।