close

जनप्रतिनिधि र कर्मचारीमा समन्वय नहुँदा स्वास्थ्य क्षेत्र प्रभावित

जनप्रतिनिधि र कर्मचारीमा समन्वय नहुँदा स्वास्थ्य क्षेत्र प्रभावित

Trulli
ADVERTISEMENT

पर्सा - कालिकामाई गाउँपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाले सो रकम औषधी खरिदको लागि  मात्रै विनियोजन गरेको हो । 

सोबाहेक संघीय सरकारबाट बाल क्लब गठन, मातृ सुरक्षालगायतको कार्यक्रमको लागि सर्सत अनुदान दिएको गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक योगेन्द्र प्रसाद चौरासियाले बताए । स्वास्थ्य क्षेत्रको लागि थप बजेट माग पनि पालिकाले नदिएको उनले पालिकाखबरसँग गुनासो पोखे । जनप्रतिनिधिले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्नुको सट्टामा भौतिक निर्माणलाई जोड दिएको उनको आरोप छ । 

गाउँपालिकाभित्रका स्वास्थ्य चौकीका कर्मचारी र जनप्रतिनिधिबीच आवश्यक समन्वय र सहकार्य नभएको उनको अनुभव छ । सो नभएकाले पालिकाभित्र स्वास्थ्य सेवामा असर परेको उनको भनाइ छ । उनले स्वास्थ्य संस्थाको कर्मचारीको मनोबल बढाउनका लागि पालिकाले कुनै चासो नदिएको बताए । 

उनका अनुसार पालिकाभित्र ५ वटा स्वास्थ्य चौकी  र एउटा सामुदायिक स्वास्थ्य संस्था सञ्चालनमा रहेको छ । सबै स्वास्थ्य संस्थााबाट आवश्यक सेवा सञ्चालन गर्दै आएको उनले बताए ।