close

पर्सागढीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

पर्सागढीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

Trulli
ADVERTISEMENT

पर्सा - पर्सागढी नगरपालिकाले आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले आमा र नवजात शिशुको सुरक्षाको लागि सो कार्यक्रम सञ्चालन गर्दै आएको हो । 

नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नारायणप्रसाद पौडेलका अनुसार नगरपालिकाले गत आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको सो कार्यक्रम चालु आवमा पनि निरन्तरता गर्न लागेको हो । सो कार्यक्रमको लागि आवश्यक बजेट कार्यक्रम बजेट विनियोजन भएको उनले पालिकाखबरलाई बताए । 

उनका अनुसार आमा सुरक्षाको लागि गर्भवती महिलालाई सुत्केरी गराउनका लागि निःशुल्क एम्बुलेन्स सेवा दिइने, वर्थिङ सेन्टरमा सुत्केरी गराउनेलाई भत्ता वितरण गर्ने गर्दै आएको छ । वर्थिङ सेन्टरमा सुत्केरी गर्न नसकेमा वीरगन्ज अस्पतालमा लैजानको लागि आवश्यक खर्च पालिकाले नै व्यहोर्ने उनले सुनाए ।